म्याग्दी जिल्लाको प्रथम बचत तथा ऋण सहकारी संस्थाका रुपमा यस संस्थाको स्थापना आज भन्दा २२ वर्ष अगाडी यो सहकारीको जन्म भएको हो । स्थापनाकालमा जम्मा २९ जना सदस्यहरुको रकम ७ लाख २५ हजारबाट आफ्नो कारोबार सञ्चालन गरेको यस संस्थाले यो २ दशकको अवधिमा लगभग ७ करोड ६९ लाख ६७ हजार पूँजी संकलन र ५,१७८ जना शेयर सदस्य गरी म्याग्दी जिल्लाका ४ वटा स्थानीय तहमा एवं पर्वत जिल्लाको १ वटा स्थानीय तहमा आफ्नो प्रत्यक्ष कारोवार ६ वटा सेवाकेन्द्र र २ वटा उपकेन्द्र मार्फत आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
सक्षम व्यवस्थापन संस्थामा रहेको मानवीय शक्तिको गुणस्तर, सञ्चालन दक्षता, अनुभव र योग्यतामा निर्भर रहेको हुन्छ । सहकारी संस्थाको मूलमर्म भनेको सहकार्य हो । पारस्परिक सहयोगबाट आत्म उन्नतिको बाटोतर्फ अग्रसर हुन सहकार्य आवश्यक हुन्छ । यो संस्था सहकारीताको यहि मूलमर्मलाई आत्मसात गरी संचालन भइरहेको छ । विगत २ वर्षदेखि नेपालमा संक्रमण फैलिएको कोभिड १९ को महामारीका कारणले राज्यको समग्र क्षेत्रमा नकारात्मक प्रभाव परेको परिवेशमा यो क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । ऋण लगानीका अवसरहरु हराउदै गएको बचत वृद्धि हुदै गएको कारणले व्यापक तरलताको सामना गर्नुपरेको थियो । गतवर्षमा भौतिक दुरी कायम गर्दै विकट परिस्थितिका बीचमा साधारण सभा सम्पन्न गर्नुपरेको तितो अनुभव हामीहरु माझमा अझै ताजा छ ।